Alliancekhabar

आइतबार, बैशाख ३१, २०८०

नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई आइतबार पुर्जी जारी भएको हो । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । यही प्रकरणमा जोडिएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आइतबार पक्राउ पुर्जी जारी भएको छ । पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल