Alliancekhabar

सोमबार, आषाढ ०३, २०८१

तनहुँ, असार ३ गते : तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी  भएका छन् । आँबखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो ।

सो ठाउँ निवासी वर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले जानकारी दिनुभयो ।  प्रनाउ रायका अनुसार बिरामी भएकाहरू मध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको छ ।

यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा  वर्ष ९२ को रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउन ल्याउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल