alliance khabar

आइतबार, आषाढ ०९, २०८१

हुम्ला, असार ९ गते ।

यातायातका साधनका लागि इन्धनको मूल्य घटेको भए पनि भाडा नघटेको पाइएको छ । नियमनकारी निकायबाट भाडाको पुनरावलोकन नहुनु र यातायात व्यवसायीले आफू खुसी भाडा तोक्ने गरेको कारण भाडा घट्न नसकेको हो ।

खार्पुनाथ गाउँपालिका– ५ का भिमराज शाहीले यातायातका साधनका लागि प्रयोग हुने इन्धनको मूल्य घटेको भए पनि भाडा भने घट्न नसकेको बताउनुभयो । चार वर्ष अगाडीदेखि सिमकोटबाट खार्पुसम्मको बाह्र किलोमिटर दुरीको सडकमा यात्रा गर्दा सात सय रुपियाँ भाडा लिने गरिँदै आएको छ । त्यो पनि चौध जना यात्रु पुगेपछि मात्र ती यातायातका साधनले यात्रु बोक्ने गर्छन् । त्यो भन्दा कम पाँच जनासम्म यात्रु भए प्रतियात्रु एक हजार रुपियाँ भाडा असुल्ने गरिएको उहाँले बताउनुभयो ।

यसअघि इन्धन सलीसल्ला र सर्केगार्डबाट खच्चडमा ढुवानी गर्नु पर्ने र ढुवानी दर पनि बढी तिर्नु परेको कारण महँगो पर्ने गर्थ्यो । उहाँले तर अहिले खार्पुसम्म इन्धन गाडीमै सस्तोमा ढुवानी भएर आउने गरेको भए पनि भाडा घट्न नसकेको उहाँले बताउनुभयो । जब कि पहिले इन्धनको मूल्य प्रति लिटर ३५० रुपियाँ पर्ने गर्थ्यो तर अहिले प्रतिलिटर २५० पर्ने गर्छ । उहाँले इन्धनको मूल्य यत्रो घट्दा पनि भाडा नघट्नु राज्यको उपस्थिति नभएर हो कि भन्ने भान हुन थालेको बताउनुभयो ।

अर्को कुरा अहिले खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएको कारण यातायातका साधन पनि धेरै भित्री सकेका छन् । उहाँले प्रतिस्पर्धात्मक रूपमा यातायातका साधन सञ्चालन हुनु पर्नेमा त्यो हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । उक्त वडाका वडा अध्यक्ष भरत जङ्ग शाही भाडा महँगो र यातायात व्यवसायीको आफू खुसी निर्धारित हुँदै आएकोले यात्रुहरू मारमा परेको बताउनुभयो । उहाँले अब भाडा पुनरावलोकन स्थानीय प्रशासनले गर्नु पर्ने बताउँदै यातायात सेवा जोडिएको महसुस हुम्लावासीले गर्न पाउनु पर्ने बताउनुभयो ।

भाडा महँगो भएको गुनासो आएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अब चाँडै सरोकारवाला पक्षसँग बसेर भाडालाई पुनरावलोकन गरिने प्रशासनले जनाएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल