alliance khabar

आइतबार, आषाढ ०९, २०८१

कावासोती, असार ९ गते ।

पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ तर केही युवा भने मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्न सकिन्छ, भन्दै कृषिमा लागेका छन् ।

चितवन कालिकानगर–५ का ३९ वर्षीय निर्मल भट्टराई अहिले केरा खेतीमै स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । नेपाल सरकारको जागिरबाट रिटायर भएपछि उहाँ व्यावसायिक केरा खेतीमा लागेको बताउनुभयो । विगत तीन वर्षदेखि नवलपुरको कावासोती नगरपालिका–१०, रतवलमा व्यावसायिक केरा खेती गर्दै आएका उहाँ सफल व्यवसायी बन्नुभएको छ । अहिले उहाँले व्यावसायिक केरा खेतीबाट नै मनग्गे आम्दानी लिइरहनुभएको छ ।

स्थायी घर चितवन भए पनि कावासोती–१०, रतवलमा १२ बिघा बाँझो जमिन भाडामा लिएर उहाँले व्यावसायिक केरा खेती सुरु गर्नुभएको हो । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केरा खेतीतर्फ लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलो वर्ष प्रतिगोटा ४० रुपियाँका दरले सत्र हजार ८५० बिरुवा ल्याएर केरा खेती गरेको थिए । ती बिरुवाले अहिले उत्पादन गरिरहेको छ । प्रतिबिरुवामा २६५ लगानी पर्ने गर्छ, सिँचाइ राम्रो भयो भने आम्दानी धेरै हुने गर्छ । आफूसहित दुई जनालाई रोजगारीसमेत दिएको छु, आवश्यकता अनुसार ज्यालामा थप कामदार राखेर खेती गर्ने सोच रहेको छ ।”

पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको बताउँदै उहाँले बारीमै आएर भैरहवा, बुटवल र आसपासका व्यापारी प्रतिगोटा सात रुपियाँको दरले काँचो केरा खरिद गर्दै लगिरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले नवलपुरमा करिब ५५१ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको बताउनुभयो । उहाँले समयमा बिउ, मल नपाउनु, व्यावसायिक किसानका लागि आवश्यक अनुदान नहुनु, सिँचाइको समस्या, कामदार नपाउनु जस्ता समस्याले गर्दा पनि किसान केरा खेतीबाट पलायन हुँदै गएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल