काठमाडौँ, असार ९ गते ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि सञ्जीवकुमार शर्मालाई महावाणिज्यदूत नियुक्त गरेको छ । शुक्रवार बसेको मन्त्री परिषद्को बैठकले शर्मा नियुक्त गर्ने निर्णय गरेको हो ।
शर्मा दशकदेखि अस्ट्रेलियामा रहेर नेपाल र नेपालीको पक्षमा सहयोग गर्दै आउनु भएको छ । उहाँले नेपाल र नेपाली समुदायको हितमा रहेर जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो ।