alliance khabar

सोमबार, आषाढ १०, २०८१

काठमाडौँ, असार १० गते ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ ।

उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

चालु आवमा भुक्तानी गर्नुपर्ने तीन अर्बमध्ये एक अर्ब ९३ करोड रुपियाँ भुक्तानी भइसकेको बताउँदै उहाँले त्यसका लागि आफूले सुरुदेखि पहल गरेको बताउनुभयो । अनुदानबापत सरकारले तीन अर्ब रकम दिन बाँकी थियो, त्यसमध्ये एक अर्ब ४५ करोड पाइसकेको र ९७ अर्ब स्वीकृत हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “४८ करोड रुपियाँ मैले नै भुक्तानी गराएको हुँ ।”

मन्त्री साहले पशु वा कृषि बिमाबारे आमनागरिकलाई जानकारी नरहेको बताउँदै त्यसका बारेमा सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । कृषि तथा पशुको बिमा हुन्छ भनी धेरैलाई थाहा छैन, त्यसका बारेमा सचेतना फैलाउनुपर्छ । ‘लम्पी स्किन’ रोगका समयमा किसानलाई सहयोग गर्न नसकेको स्वीकार गर्दै उहाँले बिमामा किसानको प्रत्यक्ष पहुँच हुन सकेको छ वा छैन त्यसबारे अनुगमन गरी पहुँच नपुगेको ठाउँमा बिमा कार्यक्रम पु¥याउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल