alliance khabar

बुधबार, आषाढ १२, २०८१

काठमाडौं, असार १२ गते ।

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दशदिने भ्रमणका लागि टोली चीन प्रस्थान गरेको हो ।

उच्चस्तरीय टोली चीनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वसँग दुई पार्टीबिचको सम्बन्ध र नेपाल–चीन सम्बन्ध विषयमा छलफल हुने कार्यक्रम रहेको पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले बताउनुभयो ।

भ्रमण टोलीले हुवेइ प्रान्तको स्मार्ट सिटीका रूपमा निर्माण गरिएको सियाङ्गाआ शहरको अवलोकन गर्नेछ । यो शहर चीनका राष्ट्रपति सी चिनफिङको सोच (ड्रिम प्रोजेक्ट) अनुसार निर्माण गरिएको शहर मानिन्छ ।

यो शहर २१ औं शताब्दीको प्रविधि, ज्ञान र मानव स्वभाव, शैली झल्कने अत्याधुनिक शहरको रुपमा परिचित छ । यसैगरी भ्रमण टोलीले युनान प्रान्तका विभिन्न स्थानको अध्ययन तथा अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो ।

भ्रमण टोलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले चीनमा रहँदा पार्टीका नेताकार्यकर्ताको हिसावले निर्वाह गर्नुपर्ने भूमिका बारेमा निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नेपाल–चीनबिच विवादरहित, मित्रता मात्रको मिठासपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै भ्रमण टोली चीनमा रहँदा पार्टीको विदेश नीति, चीनप्रतिको धारणाका साथै समग्र विदेश नीतिबारेमा स्पष्ट दृष्टिकोण राख्नुपर्ने बताउनुभयो ।

नेपाल एक चीन नीतिमा दृढ रहेको ध्यानाकर्षण गराउँदै अध्यक्ष ओलीले चीनमा रहँदा पार्टीको नेता कार्यकर्ताको हिसावले निर्वाह गर्नुपर्ने व्यवहार र अनुशासनमा विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । भ्रमण टोलीमा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, मधेश प्रदेश कमिटी अध्यक्ष चन्द्रेश्वर मण्डल, केन्द्रीय सदस्यहरू इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर थापा, प्रेमप्रसाद दङ्गाल, नगिन्द्र शाही, पेम्वा लामा, बदमी कवारी बोहोरा, प्रेमबहादुर तामाङ, कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी हुनुहुन्छ ।

त्यसैगरी, भ्रमण टोलीमा कृष्णभक्त पोखरेल, महेश बस्नेत, सरस्वती सुब्बा, शान्ति चौधरी, विदुरकुमार लिङ्थेप, इन्द्रप्रसाद भण्डारी, आरती भण्डारी, बालसिं काउछा, श्रीप्रसाद श्रेष्ठ, यज्ञराज ढुङ्गाना, गोविन्दकुमार पुन, अमी तामाङ, किरण माली, घनश्याम सुवेदी, एलडि शर्मा र मनोज ताम्ली हुनुहुन्छ । उच्चस्तरीय भ्रमण टोलीलाई महासचिव शङ्कर पोखरेलले भ्रमण सफलताको शुभकामना दिनुभयो । भ्रमण टोलीलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. भट्टराईले त्रिभुवन विमानस्थलबाट बिदाइ गर्नुभयो । टोली हिजो राति चीन प्रस्थान गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल