Alliancekhabar

आइतबार, आषाढ ३०, २०८१

काठमाडौँ, असार ३० गते : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ ।

गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।

आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मा एउटा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको उल्लेख गर्नुभएको छ ।

ट्रम्पले लेख्नु भएको छ, ‘‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।’’

उहाँलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच ट्रपको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’ का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको जानकारी उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले दिनु भएको छ ।

गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल