alliance khabar

बिहिबार, साउन ०३, २०८१

काठमाडौं, साउन ३ गते । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

२०४६ सालमा पञ्चायत फाल्न, २०६२–६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएका कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताउनुभयो ।

ठुला राजनीतिक दल एकताबद्ध हुनुपर्ने स्थिति देशमा बनेको उहाँले धारणा राख्नुभयो । ‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ’ उहाँले भन्नुभयो । देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएका कारण विकास र समृद्धिको काम अहिले अवरुद्ध अवस्थामा रहेको गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिको आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ’ उहाँले भन्नुभयो । उहाँले अहिले बजेट आइसकेकाले धेरै ठुलो अपेक्षा नगर्न आग्रह गर्नुभयो । यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउनका लागि सरकारले काम गर्ने उहाँले बताउनुभयो । ‘सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्ने काममा हामी लाग्छौँ’ उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने काममा आफूहरूको ध्यान जाने उहाँले बताउनुभयो । राजनीतिक अस्थिरताका कारण अवसरवादी गठबन्धन भइरहेकाले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउन आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल