alliance khabar

बिहिबार, साउन १७, २०८१

पशुपतिनगर, साउन १७ गते । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले वराहक्षेत्रको चतरा, रामधुनी, अर्जुनधारा, पाथीभरा जस्ता धार्मिक र अनेकाँै सांंस्कृतिक स्थल रहेको कोशी प्रदेशमा धार्मिक पर्यटनको विकास गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राष्ट्रिय पुँजीको विकास गर्नका लागि पर्यटकीय गन्तव्यलाई बेच्न सक्नु पर्छ ।” उहाँले उत्पादनमा जोडिएर राष्ट्रिय पुँजीको निर्माणमा लाग्न आग्रहसमेत गर्नुभयो । मुख्यमन्त्री कार्कीले आफ्नै पालामा कोशी प्रदेशलाई आर्थिक दृष्टिकोणले उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यव्रmममा कोशी प्रदेशका पूर्वआन्तरिक तथा कानुनमन्त्री शमशेर राईले तिनै तहका सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

सूर्योदय नगरपालिकाले बर्सेनि साउन १५ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रबाट नगरको विकास गर्ने २६ जनालाई सम्मान गरिएको छ । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी नगरले काम गरिरहेको जानकारी दिनुभयो ।

महालेखा परीक्षकको कार्यालयको ६१ औँ प्रतिवेदनमा इलामका १० पालिकामध्ये सूर्योदय नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिकामा परेको जानकारी दिँदै आगामी दिनमा बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । आव २०७९/८० को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बेरुजु ०.०७ प्रतिशत मात्र छ ।

आव २०८१/८२ का लागि सूर्योदयको कुल बजेट एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँ रहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । गत आव आर्थिक विकास र सुशासनतर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल