alliance khabar

शुक्रबार, साउन १८, २०८१

धनगढी, साउन १७ गते ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ ।

नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी रहे पनि मुख्यमन्त्रीमा उहाँको सम्भावना बढी रहेको जनाइएको छ । यस विषयमा भोलि (शुक्रबार) दिउँसो २ बजे दलको बस्ने बैठकले अन्तिम टुङ्गो लगाउने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो ।

“अबको मुख्यमन्त्री माननीय प्रकाशबहादुर देउवा जी हुने लगभग निश्चित नै हो, तर यो निर्णय चाहिँ होइन”, उहाँले भन्नुभयो, “भोलि (शुक्रबार) बस्ने संसदीय दलको बैठकले सबै कुराको टुङ्गो लगाउने छ ।”

सङ्घमा सत्ता साझेदारीमा भएको फेरबदलसँगै सुदूरपश्चिम प्रदेश पनि नयाँ सरकार गठनको बाटोमा अगाडि बढ्दैछ । नेकपा (एमाले) ले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबारै प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । अल्पमतमा परेको देखिएका उहाँले विश्वासको मत पाउन नसकेमा भोलिबाट स्वतः उहाँ नेतृत्वको सरकार ढल्नेछ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यो प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट बनाउने सहमति भएको छ । पूर्व मुख्यमन्त्री कमलबहादुर शाहसहित नेपाली कांग्रेसका चार जना मुख्यमन्त्रीको दौडमा रहनुभएको छ । पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह थापा र कञ्चनपुरबाटै निर्वाचित दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकाङ्क्षी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल