alliance khabar

बिहिबार, साउन ३१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेतबाट हटाउन प्रपञ्च रचेका छन् ।

सभापति लामिछानेले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन लागेका हुन् । आफ्नो आलोचना नरुचाउने लामिछानेले ढकालाई सबैभन्दा ठूलो समस्या देखेका छन् ।

सभापति लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका छन् । २४ घण्टे स्पष्टीकरण सोधेपछि ढकाललाई पार्टीबाटै हटाउन लागेको र कानूनी छिद्र खोजेको पुष्टि भएको छ ।

सभापति लामिछानेले असार २५ गते ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेका थिए । ढकाललाई रास्वपाले पार्टी निर्णय चित्त नबुझेमा पुनरावेदन गर्न समय दिएको थियो ।

पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको, पार्टीभित्र भ्रम सिर्जना गर्न खोजेको भन्दै रास्वपाका सभापति लामिछानेले ढकाललाई स्पष्टीकरण सोधेका थिए ।

रास्वपाले ढकाललाई सोधेको २४ घण्टे स्पष्टीकरण पत्रमा भनिएको छ, ‘साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ ।’

ढकालले केही समयअघि प्रधानमन्त्री केपी ओलीलाई भेटेर सुझाव पत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीलाई ढकालले भेट गरेको कुरा सभापति लामिछानेलाई मन परेको छैन ।

रास्वपाका सभापति लामिछानेले ढकाललाई सदस्यता किन खारेज गर्न नपर्ने हो ? आफ्ना आधार र प्रमाण तथा भनाइ २४ घण्टाभित्र स्पष्टीकरण दिनसमेत भनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल