काठमाडौँ ,साउन ३२ गते
परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जान लाग्नुभएको छ।
परराष्ट्रमन्त्री भएपछि डा. आरजु राणा आउँदो आइतबार पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो।
डा. राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिश्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो।
डा. राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले भारतका विदेशमन्त्री एस . जयशंकरसँग दपक्षीय भेटवार्ता गर्नुहुनेछ।
भारत भ्रमणकै समयमा परराष्ट्रमन्त्री डा. राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम रहेको छ।