alliance khabar

बुधबार, भाद्र ०५, २०८१

स्याङ्जा, भदौ ५ गते ।

स्याङ्जामा आर्थिक वर्ष २०८०/८१ मा ३८ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा पुरुष र महिला दुवै छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जनाले अमेरिकी नागरिकता र १० जनाले अस्टे«लियन नागरिकता प्राप्त गरेका छन् ।

हङकङ छ, बेलायत चार, जर्मन तीन, न्युजिल्यान्ड र पोर्चुगल दुई/दुई तथा फिनल्यान्डको नागरिकता एक जनाले लिएका छन् । विसं २०६७ जेठ ३ देखि असार मसान्तसम्म ५१ जना पुरुष र २६ जना महिला गरी ७७ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

डिभी, पिआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो ।

तेइस जनालाई अङ्गीकृत नेपाली नागरिकता

आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जामा २३ जनाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता लिएका छन् । अङ्गीकृत नेपाली नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट १५ र इलाका प्रशासन वालिङबाट आठ जना रहेका छन् । यसरी अङ्गीकृत नागरिकता लिनेमा भारतका २१ र फिलिपिन्सका दुई जना रहेको सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो । नेपाली युवासँग विवाह गर्ने विदेशी युवतीले वैवाहिक अङ्गीकृत नागरिकता लिएका हुन् ।

यसै गरी आव २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ४२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । नेपालबाट विभिन्न कारणले विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो । गैरआवासीय नेपाली नागरिकता लिनेले नेपालको राजनीतिक अधिकार र सरकारी जागिरको अवसरबाहेक सबै सेवा व्यापार, व्यवसाय, घरजग्गा खरिदलगायतका कारोबार गर्न पाउने सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

नागरिकताभन्दा राहदानी लिने धेरै

आर्थिक वर्ष २०८०/८१ मा नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन वालिङबाट १४ हजार १३१ जनाले वंंशज, २५ जनाले वैवाहिक अङ्गीकृत र ४२ जनाले गैरआवासीय गरी १४ हजार २०६ जनाले नागरिकता लिएका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात हजार ३६८ जना र इलाका प्रशासन वालिङबाट सात हजार ८२५ जना गरी १५ हजार १९५ जनाले राहदानी लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल