alliance khabar

शनिबार, भाद्र ०८, २०८१

नारायणगढ, भदौ ८ गते ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरुको टोलीले शवको पोष्टमार्टम गरिरहेको जानकारी दिनुभयो । बाँकी शवको पनि आजै पोष्टमार्टम गरेर सबै शवलाई भारतको महाराष्ट्र पठाइने तयारी भइरहेको छ ।

शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमान स्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । विमान शनिबार दिउँसो ३ः३० बजे भरतपुर विमानस्थल आइपुग्ने छ ।

शुक्रबार आबुखैरेनिमा भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो । मृतक मध्ये सबै भारत महाराष्ट्रका भएकाले उनिहरुको शव भारत नै पठाउन लागिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा दुर्घटना भएको हो ।

मृतकहरुको शवलाई शुक्रबार रातीनै भरतपुर अस्पताल ल्याइएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल