alliance khabar

शनिबार, भाद्र ०८, २०८१

काठमाडौँ, भदौ ८ गते ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको थियो ।

सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेश र कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ९८.३ र गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी गराउनुभयो । सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ ।

कृषि मन्त्रालयका अनुसार मधेश प्रदेशमा ९७.३ प्रतिशत रोपाइँ भएको छ तर अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी रोपाइँ भएको हो । गत वर्ष यसबेलासम्म ८९.२ प्रतिशत मात्र रोपाइँ भएको थियो । मधेश प्रदेशमा तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमध्ये तीन लाख ७५ हजार ६१४ हेक्टरमा रोपाइँ भएको छ । यस पटक रोपाइँमा वृद्धि भएका कारण उत्पादनमा पनि वृद्धि हुने कृषि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल