alliance khabar

सोमबार, भाद्र ०४, २०८०

वीरगञ्ज, ४ भदौ

परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिकरूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहजरूपमा सेवा पाउने बताउनुभएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा आज मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहजरूपमा सेवा सुविधा पाउने बताउनुभयो ।

स्थानीय तहलाई भौतिकरूपमा सम्पन्न बनाउन सङ्घीय सरकारले सहयोग गर्ने उल्लेख गर्दै मन्त्री साउदले भौतिक पूर्वाधारको विकाससँगै सेवा प्रवाहमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।

शिक्षा नै मुलुकको मेरुदण्ड भएकाले शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको औँलयाउँदै उहाँले शिक्षा प्रणालीमा सुधार ल्याउन विद्यालयमा देखिएको शिक्षक अभावलगायतको समस्या समाधानका लागि सरकारले शिक्षा क्षेत्रको बजेटमा वृद्धि गरेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयहरूमा कक्षा कोठासँगै प्रयोगशालाको व्यवस्थापनमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री र नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले स्थानीय सरकारले भौतिक विकाससँगै जनताको जीवनस्तर उकास्ने योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिनुभएका स्थानीय समाजसेवी मनोज चौधरीलाई मन्त्री साउदले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कूल रु छ करोड नौ लाखमा निर्माण हुने प्रशासकीय भवनमा कार्यालयसँगै, सभाहललगायतका भवन निर्माण हुने गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिनुभयो ।

सो भवन अगामी दुई वर्षमा निर्माण गरी निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गर्ने सहमति भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल