Alliancekhabar

बुधबार, भाद्र १९, २०८१

सुर्खेत, भदौ १९ गते : प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबिच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ । सङ्घीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो ।

मङ्गलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्का बिच सेवा विस्तार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो । रणनीति कार्यान्वयनका लागि सङ्घीय स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि पारित गरिसकेको छ । सुर्खेतमा सेवा विस्तार हुने भएसँगै कर्णाली प्रदेशका नागरिकलाई क्यान्सरको उपचार गर्न अन्यत्र जार्नुपर्ने बाध्यताको अन्त्य प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल