alliance khabar

शुक्रबार, भाद्र २१, २०८१

बुटवल, भदौ २१ गते ।

रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ ।

रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ ।

सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको बताउनुभयो । असोज महिनामा सबैभन्दा बढी सर्पको बिगबिगी हुने भएकाले अझै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।

जाडो महिना लाग्दै गर्दा सर्प दुलोभित्र पस्ने र आहार खोज्न बाहिर निस्कने भएकाले असोज महिना तराईमा सबैभन्दा बढी सर्पको जोखिम हुने गरेको उहाँले बताउनुभयो । अहिले पानी परिरहेका कारण सबै जमिन पानीले भरिएसँगै सर्पले ओभानो स्थान खोज्दै घरगोठमा पस्न थालेपछि सर्प उद्धारकर्ता सारु कान्छालाई अहिले भ्याइनभ्याइ भएको छ । सारु कान्छाले गत वर्ष करिब ६० वटा विषालु गोमन, करेतलगायतका सर्प उद्धार गरेर जङ्गलमा छोड्नुभएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका–१०, पानबारीका सर्प उद्धारकर्ता सारु कान्छालाई अहिले फुर्सदै छैन । विगतका वर्षभन्दा धेरै सर्पको बिगबिगी भएकाले उहाँको व्यस्तता पनि बढेको छ । सर्प देख्नेबित्तिकै उद्धारका लागि रुपन्देहीको सैनामैना–१०, झिमझिमियाका सारु कान्छा सहयोगी मात्रै होइन, सबैका प्रिय बन्नुभएको छ ।

सर्प उद्धार गर्दा कसैले खुसी भएर दिएको पैसा सारु कान्छा आफैँले खर्च गर्नुहुन्न बरु क्यान्सरपीडित, सुत्केरी र बालबालिकाका लागि सहयोग गर्दै आउनुभएको छ । अहिले दैनिक जसो पानी परिरहेकाले सर्पको बिगबिगी बढेको बेला चेतबहादुर बुटवल पश्चिम क्षेत्रका जनताका लागि वरदान नै साबित हुनुभएको छ । कसैले फोन गरेर बोलाउँदा उहाँ सर्प उद्धार गर्न पुगिहाल्नु हुन्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. नेत्र रानाले गर्मीयाम सुरु भएयता अस्पतालमा सर्पले टोकेर उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो । डा. रानाले हरेक दिन सर्पदंशका बिरामी अस्पताल आउने गरेको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा वैशाखदेखि भदौसम्म करिब तीन सयभन्दा बढी सर्पले टोकेका बिरामी उपचारका लागि अस्पताल आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल