alliance khabar

सोमबार, भाद्र ३१, २०८१

नवलपुर, भदौ ३१ गते ।

नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ । वर्तमान वडा सदस्य मीनबहादुर महतो र पूर्ववडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहनुभएको हो ।

लालकृष्ण कृषि तथा पशु फार्म दर्ता गरेर उहाँहरूले रेड लेडी प्रजातिको मेवा खेती गरिरहनुभएको छ । हाल यो कृषि फार्ममा चार हजार आठ सय मेवाका बोटले दाना दिइरहेको वर्तमान वडा सदस्य मीनबहादुर महतोले बताउनुभयो । यी बिरुवाबाट २० मेट्रिक टन मेवा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । चैतमा रोपेका यी मेवा असोजको पहिलो हप्तादेखि बजारमा पठाउन सकिने मीनबहादुरले बताउनुभयो ।

हाल नेपाली मेवाको बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपियाँ रहेकोमा यसले यही मूल्य पाउन सकेमा ३० देखि ४० लाख रुपियाँ कमाउन सकिने महताको विश्वास छ । त्यसका लागि उहाँहरूले हालसम्म १८ लाख रुपियाँ खर्च गरेको पूर्ववडा सदस्य तेजबहादुर महतोले बताउनुभयो ।

मेवा तयार भइसकेपछि काठमाडौँ र वीरगन्जका व्यापारीलाई बेच्ने गरी कुराकानी भइरहेको उहाँले बताउनुभयो । उहाँहरूले मेवाभित्रै खरभुजाको खेती गर्नुभएको थियो । तीन महिनामै तयार भएको खरबुजा राम्रै आम्दानी दियो । तीन महिना एउटै जग्गामा खरबुजा र मेवा हुर्किए । खरबुजा निकालेपछि अहिले मेवा पनि तयार भइरहेको छ । अरू फलफूलका लागि बर्सौं कुर्नु पर्छ । खरबुजाले एक वर्षमा चार पटक र मेवाले दुई पठक फसल दिने भए पनि उहाँहरू यो खेतीमा आकर्षित हुनुभएको हो ।

समाजसेवा गर्दैगर्दा आफ्नो जीविकोपार्जनका लागि सहयोगी हुने मीनबहादुरको भनाइ छ । “जनप्रतिनिधि हुँ भनेर मात्र पनि नहुने, घर व्यवहार चलाउन पैसा नै चाहिने रहेछ, त्यसैले जीविकोपार्जन गर्न पनि सहज हुने र अरू कृषिमा जस्तो धेरै मेहनत पनि नचाहिने भएकाले हामीले यो खेती सुरु गरेका हौँ,” मीनबहादुरले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल