alliance khabar

बुधबार, भाद्र ०६, २०८०

काठमाडाैं : भदौ ,६

लोकसेवा आयोगले बहुप्रतीक्षित संघीय निजामती सेवा ऐनमा समाविष्ट गर्नुपर्ने महत्वपूर्ण सुझावसहित विधेयकको मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।

निजामतीलगायत सरकारका सबै निकायको कर्मचारी छनौट र सिफारिस गर्ने महत्वपूर्ण भूमिकामा रहेको लोकसेवाले प्रस्तावित संघीय निजामती सेवा ऐनमा कर्मचारीको वृहत्तर हित र वृद्धि विकासलाई ध्यान दिनुपर्ने सुझावसहित विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको हो ।

लोकसेवा आयोगले संघीयताको मर्मअनुसार केन्द्रीय सरकार र स्थानीय सरकारबीच समन्वयत्मक सम्बन्ध स्थापित गर्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत केन्द्रकै कर्मचारी रहने गरी संघीय निजामती सेवा ऐन आउनुपर्ने सुझाव दिएको छ । स्थानीय तहमा केन्द्रकै कर्मचारी राख्ने कि प्रदेश तथा स्थानीय तहकै भन्ने विषयमा लामो विवाद हुँदै आइरहेको छ । जसका कारण यसअघि विधेयक अघि बढ्न सकेको थिएन । नेपाल समाचारपत्रले खबर छापेको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल