Alliancekhabar

मंगलबार, आश्विन २२, २०८१

काठमाडौं, असोज २२ गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गरेका छन् ।

दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनु भयो ।

भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नभयो, ‘‘दक्षिण एसिया जनसाङ्ख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’’

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी हाम्रा देशका स्वास्थ्य सङ्कटसँग लड्न आफैं पनि स्राेत बढाउने प्रयास गरिरहेका छौं ।’’ सङ्गठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र सङ्गठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक  स्राेत थप गर्नुपर्ने जोड दिएका छन् ।

बैठकका क्रममा मन्त्री पौडेलले सङ्गठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेटवार्ता गर्नुभयो । त्यसक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै सङ्गठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गर्नुभयो

उहाँले सङ्गठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा सङ्गठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाउनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल