alliance khabar

बुधबार, आश्विन २३, २०८१

काठमाडौँ, असोज २३ गते ।

सरकारले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । असोज २१ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय मङ्गलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्दै पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न आयोजना/निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंह आगामी कात्तिक १९ गतेदेखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वल्र्ड अर्बान फोरम १२’ सम्मेलनमा सहभागी हुन स्वीकृत गर्ने र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल आगामी असोज २७ गते जर्मनीको बर्लिनमा आयोजना हुने कार्यक्रममा जान स्वीकृति दिने निर्णय भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी आगामी कात्तिक १ देखि ३ गतेसम्म रुसमा आयोजना हुने कार्यक्रम जान स्वीकृति दिने र राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारी आगामी कात्तिक ६ देखि ८ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने कार्यक्रममा जान स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक भएपछि मङ्गलबार मन्त्री, सचिव र कर्मचारीहरूले दसैँको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल