alliance khabar

शनिबार, आश्विन २६, २०८१

लेखनाथ, असोज २६ गते ।

कास्कीको माछापुच्छ्रे् गाउँपालिका वडा नम्बर ९ मा मर्दी हिमाल पदयात्राको हाइ क्याम्पबाट सम्पर्कविहीन एक चिनियाँ पर्यटकलाई सकुशल उद्धार गरिएको छ । बुधबार बिहान हाई क्याम्पबाट गलत बाटो जानुभएकी २३ वर्षीया बेलालाई शुक्रबार दिउँसो उद्धार गरिएको हो ।

मङ्गलबार राति हाइ क्याम्पको होटल नमस्तेमा बसेर बुधबार बिहान उहाँ यात्रामा निस्कनु भएको थियो । पछि उहाँसँग सम्पर्क नभएपछि पर्यटक प्रहरीको अग्रसरतामा खोजी सुरु भएको थियो । पर्यटक सम्पर्कविहीन भएपछि नमस्ते होटलका सञ्चालक यामबहादुर क्षेत्री र अर्का स्थानीय प्रसाद पौडेल, पर्यटक प्रहरी पोखराका निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री, वडाध्यक्ष हरिबहादुर क्षेत्री लगायतको टोलीले खोजी थाले पनि बुधबार राति ९ बजेसम्म बेलाको पत्तो लागेन ।

रातभरि सम्भावित क्षेत्रमा सिस्नो, काँडा, झाडी र जङ्गल छिचोल्दै टोलीले बेलाको खोजी गरेका थियो । बिहीबार बिहान मर्दी खोलाको मुहानभन्दा केही तल ठाउँ ठाउँमा मान्छे लडेको र जुत्ताको निशान भेटिएको वडाध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो । “हामी त्यही निशान पछ्याउँदै गयौँ । ठूलो स्वारमा चिच्यायौँ, क्षेत्रीले भन्नुभयो, “उताबाट पनि कराउँदै रोएको आवाज आयो । तल खोलाको किनारनजिक कोलङ्गे भन्ने ठाउँमा उहाँलाई भेट्यौँ ।”

बेला भेटिएपछि चिनियाँ दुतावास, प्रहरी लगायतलाई त्यसको खबर गरियो । उद्धारपछि स्थानीय प्रसाद पौडेलको गोठमा ढिडो र दूध खुवाएर बेलालाई सिदिङ ल्याइएको होटल व्यवसायी यामबहादुर क्षेत्रीले उल्लेख गर्नुभयो । पर्यटक प्रहरीको जिम्मा लगाइनुभएकी बेलालाई साँझ पोखरा ल्याइएको छ । उहाँलाई शरीरमा सामान्य चोटमात्र लागेको र अवस्था खतरामुक्त रहेको माछापुच्छ्रे् -९ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल