alliance khabar

सोमबार, कार्तिक ०५, २०८१

उर्लाबारी, कात्तिक ५ गते ।

 काठमाडौंको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ  ।

चित्लाङ फुटबल क्लबको जितका लागि १६ओैँ  मिनेटमा बिदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाउनुभएको थियो । तर, रिवाउन्स बललाई चित्लाङका खेलाडी हेनरीले सिधै विपक्षी पोष्टमा गोल गर्नुभयो ।

३३ओैँ मिनेट चित्लाङका विदेशी खेलाडी रोवर्टले गोल गर्दै जित अझ फराकिलो बनाउनुभयो । हेनरींको क्रस पासमा रोवर्टले गोल गर्नु भएको थियो ।  ५६ओैँ मिनेटमा रोवर्टले थप एक गोल गर्नुभयो । तेस्रो गोल रोवर्टले तपन कार्कीको पासमा गर्नुभयो ।

राजारानी क्लब धनकुटाका लागि ६१ओैं मिनेटमा अनन्त तामाङको सान्त्वना गोल फर्काउनुभयो । चित्लाङका रोवर्ट म्यान अफ दि म्याच हुनुभयो । चित्लाङले कात्तिक ९ गते  दलसिंहपारा फुटबल क्लब भारत र सलहेस क्लव सिराहा बिचको खेलको विजेतासँग खेल्नेछ । मङ्गलबार गत वर्षको बिजेता व्रिगेड ब्वाइज र बुटबल लुम्बिनी फुटबल क्लव बिच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल