alliance khabar

शुक्रबार, कार्तिक ०९, २०८१

तम्घास, कात्तिक ९ गते ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ । दसैँ सकिएसँगै राहदानी बनाउनेको भिड लागेपछि भिडलाई कम गर्न एक दिनअगावै टोकन वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबारका लागि बुधबार नै १३० जनाका लागि टोकन वितरण गरिएको थियो ।  बिहीबार बिहान ७ बजेबाटै सेवा दिइएको राहदानी फाँटले जनाएको छ ।

अघिल्लो दिन बुधबार टोकन लिई बिहीबार बिहान ८ बजे प्रशासनमा सेवा लिन पुग्नुभएका कालीगण्डकी–१ का तिलक रानाले ८ बजे नै सेवा लिन पाउँदा अचम्म मान्नुभयो । प्रशासनमा १० बजेअगाडि सेवा लिन पाइएला भनेर आफूले नसोचेकाले अचम्म लागेको उहाँको भनाइ छ । शुक्रबारका लागि बिहीबार दिउँसो ३ बजेसम्म ५० भन्दा बढीको टोकन वितरण भइसकेको गैरेले बताउनुभयो ।  यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको पनि भिड लागेको छ । बुधबार ९८ वटा नयाँ नागरिकता र ४७ वटा प्रतिलिपि जारी भएको प्रशासकीय अधिकृत तारानाथ फुल्देलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल