Alliancekhabar

मंगलबार, कार्तिक १३, २०८१

बैतडी, कात्तिक १३ गते : कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । तिहारअघि तीन वटा पालिका र तिहारपछि पाँच वटा पालिकामा खोप अभियान  सञ्चालन हुने भएको हो । दुई वटा पालिकामा तिहारअघि नै खोप अभियान सम्पन्न हुने चरणमा छ ।

खोप अभियान सञ्चालन गर्न जिल्लाभरि १४८ वटा खोप केन्द्र तोकिएका छन् । अभियानका लागि एक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा कात्तिक ९ गतेदेखि खोप अभियान सुरु भएको छ । सोमबारदेखि सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सुरु गरेका  छौँ ।”

उहाँले खोप अभियान सञ्चालन भएका पालिकामा कोरोनाविरुद्धको खोप नलगाएका १२ वर्षभन्दामाथिका सबै नागरिक र कोरोना खोप लगाएको एक वर्ष पूरा भएका १२ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने कार्य भइरहेको बताउनुभयो । गर्भवती महिलाको हकमा भने तीन महिना पूरा भएकालाई मात्रै खोप दिने गरिएको छ ।

जिल्लामा थप पाँच वटा पालिकामा भने तिहारपछि खोप अभियान सञ्चालन गर्ने तालिका रहेको छ । पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकामा कात्तिक २६ र २७ गते,  दशरथ चन्द नगरपालिकामा कात्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो ।

बैतडीमा २०७६ चैत ११ देखि फैलिएको कोरोना सङ्क्रमणबाट हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४८ हजार १६६ सङ्क्रमित भएको तथ्याङ्क छ । दुई लाख ४४ हजार ९६० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेकामा ९०.१ प्रतिशतले पहिलो मात्राको खोप पाएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाविरुद्धको दोस्रो खोप लगाउने ८६.५ प्रतिशत, तेस्रो मात्रा लगाउने ४२ प्रतिशत र चौथो मात्रा लगाउने ४.८ प्रतिशत रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल