Alliancekhabar

बुधबार, कार्तिक २१, २०८१

काठमाडौँ, कात्तिक २१ गते : लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा बायर लिभरकुसनविरुद्ध सहज जित निकालेको छ ।

घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिभरपुलले बायर लिभरकुसनलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन लुइस डियाजले ह्याट्रिक गर्नुभयो । अर्को गोल कोडी गाक्पोले गर्नुभएको थियो ।

डियाजले ६१औँ, ८३औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । गाक्पोले ६३औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै चार खेलबाट १२ अङ्क बनाएको लिभरपुल शीर्षस्थानमा छ । समान खेलबाट सात अङ्क बनाएको लिभरकुसन ११औँ स्थानमा छ ।

अर्को खेलमा एसी मलिानले रियल म्याड्रिडलाई ३–१ गोलले हरायो । म्यानचेस्टर सिटी रिपोर्टिङ सिपीसँग ४–१ गोलले पराजित भयो । अन्य खेलमा डाइनामो जेग्रेबले सोल्भान ब्रिटिसलाभलाई ४–१, पिएसभीले जिरोनालाई ४–०, बोरुसिया डर्टमन्डले एसके स्ट्रम ग्रजलाई १–० र सेल्टिकले आरबी लेइपजिगलाई ३–१ गोलले हरायो । युभेन्टस र लिले १–१ गोलको बराबरीमा रोकिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल