alliance khabar

बिहिबार, कार्तिक २२, २०८१

काठमाडौँ, कात्तिक २२ गते ।

युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ ।

क्रिभेना ज्भेज्दाको मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले ५–२ गोलको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले ४३औँ र ५३औँ मिनेटमा दुई गोल गर्नुभयो ।

यस्तै इनिगो मार्टिनेजले १३औँ, राफिन्हाले ५५औँ र फिर्मिन लोपेजले ७६औँ मिनेटमा एक एक गोल गर्नुभयो । ज्भेज्दाकाका लागि सिलसले २७औँ र मिल्सनले ८४औँ मिनेटमा एक एक गोल फर्काउनुभएको थियो । जितसँगै चार खेलबाट नौ अङ्क बनाएको बार्सिलोना छैटौँ स्थानमा छ ।

समान खेलबाट अङ्कबीहिन ज्भेज्दा ३५औँ स्थानमा छ । अन्य खेलमा इन्टर मिलानले आर्सनललाई १–० र एट्लेटिको म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोलले हरायो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल