alliance khabar

शुक्रबार, कार्तिक २३, २०८१

काठमाडौँ, कात्तिक २३ गते ।

बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि सेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा सेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको सेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि यसै विषयमा अध्ययन गरी सेयर निष्कासन गर्न मार्ग प्रशस्त गरिदिएको थियो । उच्च अदालत पाटनले गत असार २६ मा कारण देखाउ आदेश जारी गर्दै आइपिओ निष्कासन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन गर्न नसक्दा रिलायन्सदेखि अरू कम्पनीको पनि सेयर निष्कासनसम्बन्धी प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।

रिलायन्स स्पिनिङ मिल्सका निर्देशक शशिकान्त अग्रवालले अदालतको आदेश अनुरूप अब नियामक धितोपत्र बोर्डले प्रक्रिया अगाडि बढाउन दिनुपर्ने बताउनुभयो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल