alliance khabar

शनिबार, कार्तिक २४, २०८१

काठमाडौँ, कात्तिक २४ गते ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यस्तै दोस्रोमा रहेको चीनलाई अहिले अमेरिकी पर्यटकको सङ्ख्याले उछिनेको छ तर पछिल्ला हवाई दुर्घटना, सडक दुर्घटना र विपत्जन्य घटनाका कारण भारतबाट आउने पर्यटक घट्दै गएका छन् । यो चिन्ताको विषय हो ।”

अमेरिकी पर्यटकको आगमन बढ्नु सुखद पक्ष रहे पनि भारतीय र चिनियाँ आगमन घट्दा भने पर्यटन क्षेत्र थप प्रभावित हुने उहाँले बताउनुभयो ।

निर्देशक लामिछानेका अनुसार अक्टोबरमा नेपाल भित्रिएका विदेशीको सङ्ख्या सन् २०२३ को अक्टोबरको तुलनामा ६.४ प्रतिशतले बढेको छ तर यो वर्षको अगस्त, सेप्टेम्बर र अक्टोबरमा भारतबाट आउने पर्यटक भने घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटकसमेत घटेका छन् । अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या भने अघिल्लोको तुलनामा १२.८८ प्रतिशतले बढेको छ ।

बोर्डको तथ्याङ्क अनुसार गत अगस्तमा नेपालमा २५ हजार ८३२ जना भारतीय पाहुना भित्रिएका थिए । त्यो आगमन सेप्टेम्बरमा केही घटेर २२ हजार ९८४ मा झरेको थियो । अक्टोबरमा त झन् घटेर १६ हजार ३१३ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।

अमेरिकी पाहुनाको आगमन भने पछिल्लो तीन महिना लगातार बढिरहेको छ । गत अगस्तमा नेपालमा छ हजार ३६७ जना अमेरिकी पर्यटक भित्रिएका थिए । त्यो आगमन सेप्टेम्बरमा बढेर ११ हजार ५४९ मा पुगेको थियो । यो अक्टोबरमा १६ हजार २३ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल