Alliancekhabar

मंगलबार, कार्तिक २७, २०८१

दोलखा, कात्तिक २७ गते : दोलखाको गौरीशङकर गाउापालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको बताइएको छ ।

उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहौल बनाउन गाउँ पसेका छन् । दलहरू आफ्नो पक्षमा माहौल बनाउन र चुनाव पचारप्रसारका लागि गाउँ केन्द्रित भएका छन् ।

मेरो प्रतिज्ञा गौरीशङकरको उन्नति मुख्य नाराका साथ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नु भएकी स्व.पूर्व उपाध्यक्षकी धर्मपत्नी पासदिकी शेर्पा तमाङ सहित टोली गाउँ गाउँमा पुगेको छ । उहाँले पतिले गाउँपालिकावासीलाई दिन बाँकी योगदान दिन आफ्नो उम्मेदवारी तय गरिएको बताउनुभयो ।

कार्यतालिका बनाएर नौ वडामा पचारप्रसार गर्दै भेटघाट, भलाकुसारी र गुनासो सुन्ने र आशिर्वावाद थाप्ने काम भएका उहाँले स्पष्ट पार्नुभयो ।

त्यसै गरी नेपाल कम्यविस्ट पार्टी एमालेकी उम्मेदवार उमा मगर शेर्पालाई सदरमुकाम चरीकोट बोलाएर पार्टी कार्यालयबाट जितको शुभकामना सहित टोली गाउँ पुगेको छ । उम्मेदवार उमाले भन्नुभयो,  जनताका घरदैलोमा पुगेर मत माग्दै मतदातासँग आशिर्वाद लिने, सुझाव सङकलन गर्ने र अन्य रानीतिक दलहरुसँग पनि भेटघाट गर्ने योजनाका साथ काम भइरहेको छ । गाउँका प्रबुद्धवर्गसँग पनि राय लिने पनि कार्यतालिका बनेको छ ।

अहिलेको जल्दोबल्दो मानिएको सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उम्मेदवारहरु भोट मागिरहेका छन् । युवाको आह्वान, पाकालाई धन्यवाद र सम्मान युवालाई मतदान परिवर्तन शिक्षित युवाबाट सम्भव छ भन्दै नेकपा एकिकृत समाजवादीकी उम्मेदवार रविना खड्काले फेसबुकामार्फत भोट मागिरहनु भएको छ । उहाँले महिला, बालबालिका तथा समग्र पालिकावासीका पक्षमा काम गर्न प्रतिवद्ध रहेको छु ।

माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट अग्रिम जितको शुभकामना पाउनु भएकी उम्मेदवार निमलेकी शेर्पा पनि गाउँ गाउँमा प्रचारप्रसामा तल्लीन हुनु हुन्छ । उहाँले भन्नुभयो, गाउँका विपन्न, महिला तथा बालबालिकालाई लक्षित गरी का गर्नेछु । पिछडिएको गाउँलाई विकासको लहर ल्याई समुन्नत बनाउने लक्ष्य रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मनकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको र अब गाउँ केन्द्रित हुने तयारी भइरहेको जिल्लाध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो ।

वडा नम्बर  १ देखि ७ नम्बर वडा (जुँगुदेखि मार्वुसम्म) १÷१ वटा तथा वडा नम्बर ८ खारेमा २ र वडा नम्बर ९ गौरीशंकरमा ३ वटा मतदानस्थल रहने छन् । जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीका अनुसार उपनिर्वाचनमा १२ वटा मतदानस्थल रहने निश्चित भए पनि मतदान केन्द्रको भने टुँगो लाग्न बाँकी रहेको छ । निर्वाचन आयोगले मतदाता संख्या यकिन गरेपछि मात्रै मतदान केन्द्रको टुँगो लाग्ने छ । २०७९ साल मङसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँपालिकामा २१ वटा मतदान केन्द्र थिए । गाउँपालिकाको उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली पनि अझै टुँगो लागेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल