Alliancekhabar

मंगलबार, कार्तिक २७, २०८१

धरान, कात्तिक २७  गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सोमबार धरान उपमहानगरपालिकामा कार्यकर्तासँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।  मानिसको ‘ब्रेन डेथ’ भई मृत्यु भएको २४ घण्टाभित्र आँखा, मुटु, मिर्गौला, फोक्सो, कलेजो छालालगायतका अङ्ग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने भएकाले मन्त्रालयले आवश्यक तयारी गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मृत्यु भइसकेका मानिसको अङ्गले अन्य मानिसलाई नयाँ जीवन र अङ्ग मिल्छ भने किन नगर्ने भनेर आवश्यक तयारी गरेका हौँ ।” उहाँले मृत्यु भएका व्यक्तिको परिवारले अङ्ग दान गर्न मञ्जुरी दिएमा त्यस्तो परिवारलाई दुई लाख रुपियाँ र खबर गर्ने अस्पताललाई पनि ७५ हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको पनि जानकारी दिनुभयो ।

यसका लागि सुरुमा अङ्ग सङ्कलन गर्ने र अङ्ग चाहिनेबाट निवेदन दिने र पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकतामा राखेर अङ्ग प्रत्यारोपण गरिने पनि उहाँको भनाइ छ ।

योसँगै आफ्नो अङ्ग दान गरी पुण्य गर्न चाहेमा सरकारलाई निवेदन दिएर पनि आफ्नो मृत्युपछि अङ्ग दान गर्न सकिने नियम बनाउन लागिपरेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले आगामी दुई महिनामा डब्लुएचओबाट ३५ प्रकारका औषधी ल्याई १४ वर्षसम्मका बालबालिकालाई निःशुल्क उपलब्ध गराउने प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।

त्यस्तै मङ्सिरदेखि १४ वर्षमुनिका बालबालिकालाई चार वटा अस्पतालमा निःशुल्क क्यान्सर उपचार गराउन सुरु हुने बताउनुभयो । त्यस्तै मन्त्री पौडेलले मुटु रोगको उपचार र प्रत्यारोपणको प्रव्रिmया सात वटै प्रदेशमा गराउने उद्देश्यका साथ काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाले सरकारले तोकिदिएको पोसाक लगाएर हिँडेको अवस्थामा सार्वजनिक यातायातमा कुनै शुल्क नलाग्ने व्यवस्था भइसकेको पनि बताउनुभयो ।

मन्त्री पौडेलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमसिएचको सेवा फागुनदेखि सुरु गर्ने र अर्कियोलोजी र कार्डियोलोजी सुरु हुने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल