alliance khabar

बुधबार, मंसिर ०५, २०८१

जनकपुरधाम, मङ्सिर ५ गते ।

अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र, सामुदायिक परिवार कल्याण संघ, आसमान नेपाल र जानकी महिला जागरण समाजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा दश वटा विद्यालयको सहभागिता रहेको थियो ।

चित्रकलातर्फ शिवशंकर जनता माध्यमिक विद्यालय इटहर्वा प्रथम, भगवती आधारभूत विद्यालय योगियारा द्वितीय र श्री शंकर जनता माध्यमिक विद्यालय दुहवी गोवराहीका विद्यार्थी तेस्रो भएका छन् । त्यसैगरी बक्तृत्वकला प्रतियोगितातर्फ शिवशंकर जनता माध्यमिक विद्यालय इटहर्वाका निभाकुमारी मण्डल प्रथम, श्री शंकर जनता माध्यमिक विद्यालय दुहवी गोवराहीका नबिला खातुन द्वितीय र श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय वेलापटट्ीका खुश्बु साह तृतीय भएका छन् ।

प्रतियोगिताका विजेता विद्यालय र विद्यार्थीलाई विदेह नगरपालिकाका नगर उपप्रमुख आशादेवी झाले पुरस्कार स्वरुप शिल्ड, डटपेन र कपी प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख झाले अतिरिक्त क्रियाकलापले बालबालिकाको मानसिक, शारीरिक साथै सार्वाङ्गीण विकास हुने गरेको भन्दै पढाइका साथै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा आसमान नेपालका सञ्जय पासवान, समाजिक विकास र अनुसन्धान केन्द्रका विवस श्रेष्ठ, जिवछ दास, सामुदायिक परिवार कल्याण संघका यमलाल साह, शंकर र जानकी महिला जागरण समाजका हरि पौडेल सहितले विजेताहरुलाई बधाई दिंदै आफनो धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल