alliance khabar

शनिबार, मंसिर ०८, २०८१

लहान,मङिसर ८ गते। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशको विकास नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै गर्ने बताउनुभएको छ। नेपाली कांग्रेसका अगुवा नेता कार्यकर्तासँग शनिबार सिरहाको लहानमा भेटघाट गर्ने क्रममा यस्तो बताउनुभएको हो।

सातवटै प्रदेशको तुलना गर्दा मधेशको विकास सबैभन्दा कम भएको गुनासो बढिरहेको उहाँले भन्दै जनमत पार्टीको नेतृत्वमा रहेको सरकारले मधेशको विकासको लागि केही गर्न नसक्ने अवस्था प्रष्ट भएको बताउनुभयो।

महामन्त्री शर्माले भन्नुभयो,‘केन्द्रको गठबन्धमा जनमत पार्टी रहेकोले मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार गठन गरिएको छ। जबकि नेपाली काँग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर मधेश प्रदेशमा सरकार गठन गर्ने प्रष्ट अंक गणित हुँदाहुँदै पनि काँग्रेसले त्याग गरेको छ। अब त्याग गर्न सकिँदैन। नेता कार्यकर्ताको दबदबा रहेको छ। मधेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ ढुक्क हुनुस्।’

भ्रष्टाचारको आरोप लागेपछि त्यसलाई बचाउन सडक आन्दोलन गर्ने गलत अभ्यास भइरहेको उहाँले भन्दै कुनै पनि काण्डमा मुछिएर भ्रष्टाचार गर्नेको छुट नहुने बताउनुभयो।

नेपाली कांग्रेसको  आधारभूमि रहँदै आइरहेको मधेश प्रदेशमा नेपाली कांग्रेसलाई मजबुत बनाउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले अरु दलभन्दा पनि पृथक ढङ्गले काम गर्नु उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।

वर्तमान सरकार देशमा स्थिरता र सुशासन दिनकै लागि गठन भएकोले त्यस दिशामा काम गर्न कटिबद्ध रहेको भन्दै नेता शर्माले वर्तमान सरकारकार जनताले अपेक्षा गरेको विकास निर्माणको काम अघि बढाउन नेपाली कांग्रेस र नेकपा (एमाले)को निरन्तर छलफल भइरहेको बताउनुभयो।

सिरहा जिल्लामा रहेको १७ वटा स्थानीय तहमध्ये दुई वटामा नेपाली कांग्रेस मात्रै जितेको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसमा रहेको आन्तरिक विवाद र मतभेदले सिरहामा कांग्रेस कमजोर भइरहेको छ। नेपाली कांग्रेसलाई बलियो बनाउन आपसी मतभेदलाई आपसी साझदारीको साथ वेलैमा मिलाउन सिरहा जिल्लाका अगुवा नेता कार्यकर्ताले भूमिका खेल्नुपर्ने आवश्यकता छ।’ भेटघाट नेपाली काँग्रे्रस नगर कमिटिको आयोजना सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना नगरसभापति सञ्जयकुमार यादवले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल