alliance khabar

बुधबार, पौष ०३, २०८१

पोर्ट–ओ–प्रिन्स (हाइटी), पुस ३ गते : हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट भएका छन् ।

मोलोटोभ ककटेल’ प्रयोग गरेर अस्पतालमा आगो लगाएका संदिग्ध आक्रमणकारीहरू ‘भिभ अन्सानम’ गठबन्धनसँग सम्बन्धित गिरोहका सदस्यहरू थिए ।

उहाँले भन्नुभयो, “आक्रमणले राजधानीको चिकित्सा क्षमतामा उल्लेखनीय प्रभाव पार्नेछ ।”

देशको सबैभन्दा उन्नत ‘मेडिकल इमेजिंग टेक्नोलोजी’ भएको निजी अस्पतालले हाइटीको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

क्यारेबियन राष्ट्रको राजधानीमा एक महिनाभन्दा बढी समयदेखि सशस्त्र समूहले आक्रमण गरिरहेको अवस्थामा बढ्दो उथलपुथलको यो पछिल्लो उदाहरण हो ।

संयुक्त राष्ट्रसङ्घ र एक स्थानीय गैरसरकारी संस्थाका अनुसार डिसेम्बरको सुरुमा एक ‘शक्तिशाली गिरोहका नेता’ले ‘भुडू व्यवसायी’ विरुद्ध गरेको नरसंहारमा करिब २०० जनाको मृत्यु भएको थियो । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल