alliance khabar

बिहिबार, पौष ०४, २०८१

नेपालगन्ज, पुस ४ गते : नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिनाअघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले बताउनु भयो ।

यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठले यो सेवाको सुरुवात गर्नुभएको हो । उहाँका अनुसार सानो समयमै यस क्षेत्रका र भारतका धेरै जनाको आँखाको नानी प्रत्यारोपण गर्न सकिएको जनाउँदै यहाँ कर्निया सर्जरी सुरु गरिएपछि बिरामीलाई सहज भएको छ ।

आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपियाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको फत्तेबाल आँखा अस्पतालले जनाएको छ । १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएकोसमेत जानकारी अस्पतालका कर्निया विशेषज्ञ डा. श्रेष्ठले बताउनुभयो । प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा पनि गर्न सकिने उहाँले बताउनुभयो ।

काठमाडौँस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा मात्र ‘आई बैङ्क’ सञ्चालनमा रहेका कारण तिलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको जनाइएको छ । फत्तेबाल आँखा अस्पतालमा आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट दैनिक ठुलो सङ्ख्यामा उपचारका लागि आउने गरेका अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताउनुभयो ।

उहाँले सो अस्पतालले बाँकेलगायत विभिन्न जिल्लाका पालिकामै पुगेर निःशुल्क आँखा उपचार शिविर आयोजना गरी आँखा परीक्षण तथा उपचार गर्दै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल