alliance khabar

सोमबार, पौष ०८, २०८१

जनकपुरधाम, पुस ८ गते । 

धनुषाको जनकनन्दनी गाउँपालिकाका किशोरीले सामाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकारसँग सम्बोधन गराउन पहल सुरु गरेका छन् ।

प्लान इन्टरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले जनकनन्दनी गाउँपालिकाको कार्यालयमा सोमबार आयोजना गरेको गर्लस् टेकओभर कार्यक्रममा सहभागी भएका किशोरीले पालिका अध्यक्ष दिपिनदेव यादवलाई घोषणापत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, प्रजनन् स्वास्थ्य, सुरक्षा र संरक्षणका विषयमा देखिएका समस्यालाई समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

किशोरीहरुले स्वास्थय संस्थामा निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन हुनुपर्ने, किशोरीहरुको स्वास्थ्य आवश्यकताका लागि योग्य र प्रशिक्षित स्वास्थकर्मी तोकिनु पर्ने, संकटको समयमा किशोरीहरुको स्वास्थ्य सेवा र आवश्यक सामग्रीमा पहुँचलाई सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नु पर्ने, किशोरीलाई प्रजनन् स्वास्थ्यसम्बन्धी व्यावसायिक सेवाहरु उपलब्ध गरिनु पर्ने, सबै किशोरीका लागि निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित हुनु पर्ने, लगायतका विषय समावेश गरी तयार पारेको घोषणापत्र यादवलाई बुझाएका थिए ।

अध्यक्ष यादवले किशोेरीहरुले तयार पारेको घोषणापत्रमा उल्लेखित विषयहरु सकारात्मक रहेको र किशोरीले उठाएका सामाजिक सरोकारका विषयलाई सामाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गर्लस् टेकओभर कार्यक्रममा अध्यक्ष यादवले सोही पालिकाका कक्षा ९ मा अध्यनरत १४ वर्षिया रितु कुमारीलाई केही समयका लागि गाउँपालिका अध्यक्षको जिम्मेवारी वहन गर्न दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल