alliance khabar

मंगलबार, पौष ०९, २०८१

धनगढी, पुस ९ गते ।

भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पले इपिसेन्टर जगन्नाथमा सबैभन्दा बढी २८५ वटा सरकारी भवन र चार वटा निजी घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ । यसै गरी बुढीनन्दा नगरपालिकामा १८ वटा निजी घर, ११४ वटा सरकारी भवन, हिमाली गाउँपालिकामा १२१ वटा सरकारी भवन, स्वामीकार्तिक गाउँपालिकामा सात निजी घर र १३५ सरकारी भवनमा पूर्ण क्षति भएको जनाइएको छ ।

भूकम्पका कारण ६२६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ । क्षतिको यो विवरण भूकम्प गएको २४ घण्टाभित्र तयार पारिएको प्रतिवेदन अनुसारको रहेको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका गौरी बुढाथोकीले बताउनुभयो । “यसमा अझै थपघट हुन सक्छ,” उहाँले भन्नुभयो ।

भूकम्पबाट ६५५ परिवार प्रभावित भएका छन् । केन्द्रका अनुसार जगन्नाथका २८५, बुढीनन्दा नगरपालिकाका ११४, हिमाली गाउँपालिकाका १२१ र स्वामीकार्तिक गाउँपालिकाका १३५ परिवार भूकम्पबाट प्रभावित भएका छन् । २९ घरपरिवार विस्थापित भएका छन् । घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उनीहरू विस्थापित भएका जनाइएको छ ।

जगन्नाथका चार, बुढीनन्दा नगरपालिकाका १८ र स्वामीकार्तिक गाउँपालिकाका सात परिवार विस्थापित भएको केन्द्रले जानकारी दिएको छ । विस्थापितसहित भूकम्प प्रभावितको जनजीवन कष्टकर बनिरहेको जनाइएको छ । प्रभावितका लागि ६५५ वटा त्रिपाल, त्यति नै कम्बल र गुन्द्री तत्काल आवश्यक रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट मानवीय क्षति नभएको तर एक जना घाइते भएका केन्द्रले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल