alliance khabar

बुधबार, पौष १०, २०८१

काठमाडौँ,  पुस १० गते ।

योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडी थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भएपनि नेपालले कांस्यमा चित्र बुझाएको हो ।

यसअघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको थियो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाइनलमा स्थान बनाउनुभयो । महिला एकलतर्फ भारतकी इरा शर्मा र थाइल्याण्डकी ललिनरात चाईवान फाइनलमा पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल