alliance khabar

बिहिबार, पौष १८, २०८१

नेपालगन्ज, पुस १८ गते।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार सो क्रममा बुधबार बैंकले करिब दुई करोड रुपियाँ निक्षेप फिर्ता गरिसकेको छ।

बैंकका १९ शाखामध्ये १६ वटा शाखामार्फत प्रति व्यक्ति बढीमा २५ हजार रुपियाँका दरले एउटा शाखामा ५० जनाको रकम फिर्ता गरिएको संयोजक खतिवडाले बताउनुभयो।

उहाँले सबै शाखामा गरी एकै दिन आठ सय जना भन्दा बढीले निक्षेप फिर्ता पाएको जनाउँदै बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता हुने बताउनुभयो। निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन्।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपियाँका दरले एउटा शाखाको ५० जनालाई निक्षेप भुक्तानी गर्ने जनाएको थियो। सोही आधारमा कागजात ल्याएकाहरुको निक्षेप फिर्ता गरिएको जनाईएको छ।

संस्थामा तरलता व्यवस्थापन हुँदै जाने आधारमा निक्षेप भुुक्तानी कार्य क्रमशः वृद्धि गर्दै लगिने पनि व्यवस्थापन समूहले प्रकाशित गरेको सूचनामा जनाइएको छ।

नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली विकास बैंकका शाखामा दिनहुुँ निक्षेपकर्ताको भीड लागिरहेको छ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ। एक साता भित्र छानबिन सकेर सही तथ्यांक बाहिर ल्याइने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल