alliance khabar

सोमबार, पौष २२, २०८१

काठमाडौँ, पुस २२ गते ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले अनुमतिपत्र सेवाप्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सेयर संरचनामा पनि कुनै परिवर्तन गर्नुपर्ने प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

पछिल्लो समय दूरसञ्चार सेवाप्रदायकको सेयर खरिदबिक्री तथा संरचना परिवर्तन हुँदा राज्यले प्राप्त गर्नुपर्ने कर छलीलगायतका प्रवृत्ति देखिन थालेका छन् । त्यस्तै सेयर स्वामित्वमा परिवर्तन हुँदा पनि त्यसको पूर्वजानकारी नियामकलाई उपलब्ध नगराउने प्रवृत्ति सेवाप्रदायकमा देखिन थालेको छ । स्वीकृति नलिई सेयर खरिदबिक्री तथा संरचना परिवर्तन गरेको पाइएमा कारबाही गर्ने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल