Alliancekhabar

शुक्रबार, भाद्र १५, २०८०

पाँचथर, १५ भदौ : पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् ।

मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन । गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दैआएको थियो । यहाँ घरभाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो । फालेलुङ गाउँपालिका स्थापना हुँदा यसको केन्द्र गाउँपालिकाको वडा नं ३ मच्छेबुङ तोकिएको थियो । यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको केन्द्र सोही वडाको थोक्लिम्बामा सारिएको थियो । पछि गाउँपालिकाले गाउँपालिकाको केन्द्र रहेको स्थानको नाम थोक्लिम्बालाई थकेपुङ कायम गरेको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ र हिलिहाङ गाउँपालिकाको सेवा केन्द्रमा प्रहरी चौकी थिएन । हिलिहाङको सेवा केन्द्र पञ्चमीमा इलाका प्रहरी कार्यालय अमरपुरले सुरक्षा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल