alliance khabar

शनिबार, माघ १९, २०८१

हेटौँडा, माघ १८ गते ।

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशले सङ्घसँग काम, कर्तव्य र अधिकार लगायतका  विषयमा गुनासो गरिरहेको बताउँदै प्रदेश संरचनाको बारेमा अनेकखाले टीकाटिप्पणी भैरहँदा शब्दले जवाफ दिनुभन्दा सटिक कार्य सम्पादनमार्फत प्रदेश सभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले कानुनहरू छिटो, छरितो, चुस्त, दुरुस्त रूपमा निर्माण हुनुपर्ने बताउँदै विधेयक र अध्यादेशमा हुनसक्ने सम्भावित त्रुटिहरूप्रति चनाखो हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियता र जनजीविकाको मुद्दामा पार्टीगत आस्थालाई सभाको गेटबाहिरै छाडेर आफूभित्रको स्वप्रस्तुत हुनुपर्ने धारणा राख्दै समस्यालाई आपसी सहमतिमा सुल्झाएर जानुपर्ने सुझाव दिनुभयो । राजनीतिक चस्मा फुकाली महत्त्वपूर्ण जनहितका मुद्दामा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले देश सङ्घीयतामा गएपछि विकासको सुरुवात भएको बताउनुभयो । प्रदेश सरकारले नीतिगत रूपमा प्रदेशको विकास निर्माणलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै बजेट विनियोजनलाई व्यवस्थित गर्न आयोजना बैङ्क निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास र सेवा प्रवाहको संरचनाको रूपमा प्रदेश सरकार रहेको बताउनुभयो । विकास निर्माण र सेवा प्रवाहको नेतृत्व प्रदेश संरचनाले गर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

सभामुख भुवन पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, पूर्व सभामुख सानुकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।

सङ्घीयता कार्यान्वयन पश्चात् २०७४ माघ १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई सचिवालयले वार्षिक उत्सवको रूपमा मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल