Alliancekhabar

शनिबार, भाद्र १६, २०८०

वालिङ (स्याङ्जा) १६ भदौ : सोह्रौँ पुस्तकालय दिवसका अवसरमा स्याङ्जाको कालीगण्डकीमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राधा पाण्डे प्रथम हुनुभएको छ ।

मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय विर्घा अर्चलेकी छात्रा पाण्डे प्रथम हुनुभएको हो ।

‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ विषयक शीर्षकमा गरिएको प्रतियोगितामा पालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको मातृभूमि पुस्तकालयका सचिव नारायणप्रसाद पाण्डेले बताउनुभयो ।

प्रतियोगितामा देउराली माध्यमिक विद्यालयका छात्र विष्णु पाण्डेय द्वितीय, जनहित माध्यमिक विद्यालयका छात्रा एन्जिला राना तृतीय हुनुभएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला, वडा नं. ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर पाण्डे, पुस्तकालयका कार्यवाहक अध्यक्ष हिमलाल पाण्डे, कोषाध्यक्ष चुमकला पाण्डेले मातृभूमि पुस्तकालय स्थापना भएसँगै यस क्षेत्रमा पुस्तक पढ्ने बानीको विकास हुँदै गएको बताउनुभयो ।

यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे सम्मानित हुनुभएको हो ।

पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लाग्नुभएका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल