alliance khabar

बुधबार, फाल्गुण २८, २०८१

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ । मान सम्मान बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ । साना व्यक्तिहरूको सहयोगले ठूलो फाइदा मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । जिम्मेवारी भने बढ्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रेम र मित्रताको बन्धन कसिनेछ । पढाइमा सुधार आउनेछ । उद्योग तथा व्यापारमा राम्रो लाभ मिल्नेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । तर, आर्थिक अभावले सताउने सम्भावना छ । विश्वास गरेकाले धोका दिन सक्ने भएकाले सचेत रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कृषि तथा पशुपालनमा खासै लाभ नहुने भएपनि व्यापारमा प्रशस्त फाइदा हुने संकेत छ । आर्थिक अभावले अलि सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउनेछ । पेट र छाती सम्बन्धी समस्याले सताउने सम्भावना छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
चुनौतीहरू हटाउँदै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । धैर्य राख्नुपर्ने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग पाइनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि राम्रो लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
गरेका कामबाट राम्रो फाइदा मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुने योग छ । रोकिएका कामहरू पुन: सुरू गर्न सकिनेछ । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान प्राप्त हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाको यात्रा गर्ने सम्भावना छ । धन तथा सम्पत्तिको आर्जन हुनेछ । आम्दानीका नयाँ माध्यमहरू फेला पर्नेछन् । यात्राको अवसर मिल्नेछ । रोजगारीमा केही अवरोध आउन सक्छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्याहरू देखा पर्न सक्छन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
छर छिमेकमा असमझदारी बढ्न सक्छ, तर समाधान पनि हुने छ । धेरै परिश्रमबाट थोरै लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने संकेत छ । पति पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनमा कमी आउन सक्ने भएकाले विवाद हुन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आयआर्जन बढ्नेछ । उठ्नु पर्ने रकम हात लाग्ने सम्भावना छ । पेटको समस्याले सताउने सम्भावना छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सतर्क रहनु पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ सीप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट फाइदा मिल्नेछ । यात्राहरू उपलब्धिमूलक हुनेछन् । काममा उत्साह जाग्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर मिल्नेछ । चिताएको काम बन्ने सम्भावना छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा मिल्नेछ । नयाँ काम सुरू गर्न सकिनेछ । परिश्रमको उचित मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीका कामहरूमा भने केही समस्या आउन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
खर्च बढेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूका लागि पढाइमा कमजोरी देखिने सम्भावना छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर केही व्यक्तिहरूले धोका दिन सक्छन्, सचेत रहनु होला ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल