alliance khabar

सोमबार, चैत्र ०४, २०८१

इलाम, चैत ४ गते ।

चैत ७ गतेदेखि सुुरु हुने यो वर्षको एसअइई परीक्षामा सहभागी हुुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो ।

इकाइ प्रमुख शालिग्राम दाहालले पठाउनुु भएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिब्स, स्मार्ट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरु समेत परीक्षामा नलान सूूचित गर्न अनुरोध गर्नुभएको छ ।

यसवर्ष इलाममा एसइईका लागि २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसवर्ष नियमिततर्फ तीन हजार ३८० र ग्रेडवृद्धि तर्फ आठसय २९ परीक्षार्थी रहेको जनाइएको छ । प्राविधिकधार र पुरानो पाठ्यक्रम (२०७८–०७९) ग्रेडवृद्धि लेख्ने सबै परीक्षार्थीका लागि भगवती मावि गोलाखर्क र २०८० को नयाँ पाठ्यक्रमको ग्रेडवृद्धि लेख्ने परीक्षार्थीका लागि नियमित परीक्षा केन्द्र निर्धारण गरिएको समेत शिक्षा विकास तथा समन्वय इकाई इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल