alliance khabar

बुधबार, चैत्र ०६, २०८१

काठमाडौँ, चैत ६ गते ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।

“विद्यार्थी भाइबहिनीहरू चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस् । मेरो धेरै शुभकामना छ ।”

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुनेभएकाले त्यसबाट जोगिन समेत आग्रह गर्नुभयो । उहाँले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गर्नुभयो ।

“पहिले पहिले एसएसलीलाई फलामे ढोका भनिन्थ्यो, त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका कदम कदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्तीर्ण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।” प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल