alliance khabar

बुधबार, चैत्र ०६, २०८१

सिद्धार्थनगर, चैत ६ गते 

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा डुबेको छ ।

उहाँ एक निडर, प्रष्ट वक्ता एवं अर्थविश्लेषकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत हुनुहुन्थ्यो। बुटवल हस्पिटल प्रालिमा उपचार गराउने क्रममा निमोनिया देखिएपछि थप उपचारका लागि काठमाडौँमा टिचिङ अस्पतालमा रिफर गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले बताउनुभयो । मिर्गौलाको समस्या रहेका केसीलाई केही दिनअघि मात्र निमोनिया देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल