Alliancekhabar

बुधबार, भाद्र २०, २०८०

पाटन (ललितपुर), २० भदौ :  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ ।

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल